तनहुँ : तनहुँको देवघाट सेवा केन्द्रलाई शुक्रबार रु दुई लाख सहयोग प्राप्त भएको छ । देवघाट सेवा केन्द्रको आजीवन सदस्य बन्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल र देवघाट गाउँपालिका-५ निवासी चन्द्रप्रकाश दवाडीले जनही रु एक लाख पॉच हजार एक सय सहयोग गर्नुभएको हो ।
क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले आफ्नो जन्मदिनको अवसरमा सेवा केन्द्रका अध्यक्ष किरण सुवेदीलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै दवाडीले पनि गाउँपालिका अध्यक्ष दुर्गबहादुर राना र सुवेदीलाई उक्त रमक हस्तान्तरण गर्नुभयो ।