ऊर्जामन्त्री श्रेष्ठद्वारा कालिका कालीगण्डकी जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ऊर्जामन्त्री श्रेष्ठद्वारा कालिका कालीगण्डकी जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८३, शुक्रबार

    दमौली, १२ असार। जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँस्थित ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलको स्थलगत निरीक्षण गरेका छन्।

    मौला कालिका हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना देवघाट साँढेबगर क्षेत्रमा निर्माणाधीन रहेको छ। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको निर्माण प्रगति, व्यवस्थापन, कार्यान्वयनको अवस्था तथा आगामी कार्ययोजनाबारे आयोजना पक्षबाट जानकारी लिएका थिए। उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय निर्माणमा जोड दिएका छन्।

    यसै क्रममा मन्त्री श्रेष्ठले गलेश्वर पहिरो क्षेत्रको पनि स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा पहिरोको वर्तमान अवस्था, सम्भावित जोखिम, भइरहेको नियन्त्रण तथा न्यूनीकरणका कामको प्रगति र थप आवश्यक उपायबारे सरोकारवाला निकायसँग छलफल गरिएको थियो।

    मन्त्री श्रेष्ठले प्राकृतिक विपद्का जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक पूर्वतयारी, समन्वय र दीर्घकालीन समाधानका उपाय प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, विकास आयोजना र विपद् व्यवस्थापनलाई समान प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।