पर्सामा थप ५० जनामा कोरोनाको संक्रमण पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    पर्सामा थप ५० जनामा कोरोनाको संक्रमण पुष्टि

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, शनिबार

    वीरगन्ज : पर्सामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    सङ्क्रमितहरु पर्साका ३१, बाराका ८, धनुषाका ४, महोत्तरीका तीन, सर्लाहीका दुई, रौतहट र काठमाडौंका १–१ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयाे । संक्रमितहरु १५ देखि ५६ वर्ष उमेर समूहका छन्। शुक्रबार संकलन गरिएका ४ सय ३३ वटा स्वाबको नमूना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।