सामाजिक कार्यमा सक्रिय व्यास युथ क्लव, मिर्गौला र क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सामाजिक कार्यमा सक्रिय व्यास युथ क्लव, मिर्गौला र क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार


    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित व्यास युथ क्लवले मिर्गौला र क्यान्सर पीडितलाई आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ । क्लवले व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठ, व्यास नगरपालिका–२ निवासी मिर्गौला पीडित राजु गुरुङ र व्यास नगरपालिका–१ निवासी क्यान्सर पीडित पार्वती गुरुङलाई उपचारका लागि सहयोग गरेको हो ।

    रामलाललाई रु ७० हजार, राजुलाई रु २० हजार र पार्वतीलाई रु २० हजार हस्तान्तरण गरिएको क्लवका अध्यक्ष मिनबहादुर गुरुङ (चरीबाबा)ले जानकारी दिनुभयो । उक्त रकम क्लवका अध्यक्ष गुरुङ, सामाजिक युवा अभियान्ता लक्ष्मीभक्त खनाल लगायत क्लवका पदाधिकारीले मिर्गौला र क्यान्सर पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।

    क्लवका सचिव मनोज राउतले दुःखमा परेकाहरुलाई सहयोग जुटाउन घरदैलो अभियान गरिएको जानकारी दिनुभयो । उक्त कार्यमा दमौली घर भई हाल बेलायत रहनुभएका राजन गुरुङ र निर थापाले समेत सहयोग पु¥याउनुभएको छ ।