फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१ भादगाउँ माइलीडाँडा बस्ने २४ वर्षीय दिपक सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    विकलाई सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निज विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७६ फागुन २८ गते २ वर्ष कैद र रु एक लाख जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेकालाई आइतबार जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

    विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोटफि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।