भीमाद प्रवेश गर्ने ढुवानी साधन २४ घण्टा होल्डिङ सेन्टरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमाद प्रवेश गर्ने ढुवानी साधन २४ घण्टा होल्डिङ सेन्टरमा

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका प्रवेश गर्ने ढुवानीका साधन २४ घण्टा अनिवार्य होल्डिङ सेन्टरमा राख्नुपर्ने भएको छ । अन्यत्र गाउँपालिका र नगरक्षेत्रबाट भीमाद प्रवेश गर्ने अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन अनिवार्य रुपमा होल्डिङ सेन्टरमा राख्नुपर्ने भएको हो ।

    नगरपालिकाले भीमाद नगरपालिका–६ स्थित भीमाद बसपार्कमा सवारी साधन राख्नका लागि होल्डिङ सेन्टर बनाएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टा राखेपछि मात्रै सम्बन्धित पसलहरुमा जनस्वास्थ्य एवं सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरी अनलोड गर्नुपर्नेछ । उक्त नियम पालना नगर्नेलाई पुनः ढुवानी गर्न नदिने निर्णय भएको थापाले बताउनुभयो ।

    कोरोना जोखिमलाई ध्यानमा राखेर नगरपालिकाले नगर क्षेत्रभित्र बिहान ६ बजेदेखि ११ बजेसम्म व्यापार व्यवसाय खुल्ला गर्ने निर्णय गरेको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थालाई बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको नगरपालिकाले जनाएको छ ।