सुनको मूल्य घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य घट्यो

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, बिहीबार

    काठमाडाै : बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।