सरकार धर्म संस्कृति विरुद्ध लागेको भण्डारीको आरोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकार धर्म संस्कृति विरुद्ध लागेको भण्डारीको आरोप

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले सरकार धर्म संस्कृति विरुद्ध लागेको आरोप लगाउनुभएको छ। धर्म, संस्कृति र परम्पराको संवेदनशीलतालाई सरकारले बुझ्न नसक्दा बिहीबार ललितपुरमा रथ तान्ने क्रममा दुःखद घटना हुन पुगेको भण्डारीले बताउनुभयो ।

    शुक्रबार प्रेस विज्ञप्ती मार्फत् भण्डारीले सरकारको प्रत्येक कदमले कम्युनिष्ट चरित्रको वास्तविकता उजागर गरेको आरोप लगाउनुभयो । अहिलेको स्वास्थ्य समस्याबाट सुरक्षित पनि रहने र मौलिक परम्परा पनि जोगिने गरी रथयात्रालाई निरन्तरता दिन भण्डारीले आग्रह गर्नुभएको छ ।