राहतसहित गृहमन्त्री थापा ढोरपाटनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राहतसहित गृहमन्त्री थापा ढोरपाटनमा

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    बागलुङ : बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा शुक्रबार पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो ।

    तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिनुभयो । बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ । बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् । त्यहाँ ३० भन्द बढी घर बगाएको बताइएको छ । सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन ।