१३ सय ५९ काेराेना संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १३ सय ५९ काेराेना संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    काठमाडाै : नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

    संक्रमितमध्ये २५ हजार ५ सय ६१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । पछिल्लो २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।मृतकको संख्या भने २ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।