दुम्सीकोटमा एम्बुलेन्स सञ्चालन गरिने, एकैदिन उठ्यो तीन लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुम्सीकोटमा एम्बुलेन्स सञ्चालन गरिने, एकैदिन उठ्यो तीन लाख

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१० दुम्सीकोटमा एम्बुलेन्स सञ्चालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो ।

    एम्बुलेन्स खरिदका लागि इश्वर पौडेलको संयोजकत्वमा अर्थ संकल समिति गठन गरिएको छ । सोही कार्यक्रममा एम्बुलेन्स खरिदका लागि सहयोग गर्न आव्हान गरिएसँगै रु तीन लाख २० हजार भन्दा बढी रकम संकलन भएको छ ।

    रेडक्रस उपशाखा सभापति रामदत्त पौडेलले कठिन अवस्थामा शुरु गर्न लागिएको यो अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहॉका अनुसार आठ महिनाभित्र एम्बुलेन्स सञ्चालनमा आउनेछ ।

    शुक्रबार दुम्सीचौरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरेले एम्बुलेन्स खरिद गर्ने अभियानमा केन्द्रीय समितिको सहयोग रहने बताउनुभयो ।

    सोसाइटीका जिल्ला सभापति कृष्णहरि वाग्लेले संगठन विकास, विपत् व्यवस्थापन, सामुदायिक स्वास्थ्य एवं हेरचाह र अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत हाल विपद् व्यवस्थापन र सामुदायिक स्वास्थ्य सेवामा सक्रिय रहेको सन्दर्भमा एम्बुलेन्स सेवा एक उदाहरणीय कार्य भएको बताउनुभयो ।