तनहुँ : बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ रहेका छन् ।
उनलाई सम्बन्धित घरवतनबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७६ साउन २९ गते दुई महिना ५ दिन कैद र रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई पक्राउ गरी आज नै जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।