स्व. पत्रकार बानियाँको परिवारलाई अमेरिकामा बस्ने नेपालीद्वारा आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    स्व. पत्रकार बानियाँको परिवारलाई अमेरिकामा बस्ने नेपालीद्वारा आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : अमेरिका बसोबास गर्दै आएका नेपालीहरुले स्व. पत्रकार बलराम बानियाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन।उनीहरुले सङ्कलन गरेको रु तीन लाख ५७ हजार एक सय ६७ स्व. पत्रकार बानियाँको परिवारलाई प्रदान गरिएको छ।

    अमेरिकाको न्यूर्योकमा लामो समयदेखि बस्दै आउनुभएका राधाकृष्ण देउजाको पहलमा गो फन्ड मार्फत रकम उठाइएको थियो। पत्रकार बानियाँको इमान्दारीका र व्यावसायिकतालाई मूल्याङ्कन गरी सहयोग रकम उठाउन पहल थालिएको देउजाले जानकारी दिनुभयो ।

    पत्रकार बानियाँको गत साउन २८ गते शव फेला परेको थियो ।मकवानपुरको सिस्नेरीस्थित वागमति खोलामा उहॉको शव भेटिएको थियो । तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थायी ठेगाना रहनुभएका बानियॉ विगत लामो समयदेखि कान्तिपुर दैनिकमा आबद्ध हुनुहुन्थ्यो ।

    उहॉको परिवारलाई केही समय अगाडी मात्रै नेपाल अमेरिका पत्रकार सङ्घको पहलमा पनि रु चार लाख ३१ हजार ९ सय ५१ सहयोग गरिएको थियो ।