यातायात मजदुर सङ्गठनद्वारा सर्वसाधारणलाई मास्क र स्यानीटाइजर वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यातायात मजदुर सङ्गठनद्वारा सर्वसाधारणलाई मास्क र स्यानीटाइजर वितरण

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    तनहुँ : नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तनहुँले बिहीबार सर्वसाधारणलाई मास्क र स्यानीटाइजर वितरण गरेको छ । अहिले स्वास्थ्य समस्याको रुपमा रहेको कोभिड– १९ बाट बच्न मास्क र स्यानीटाइजरकाे प्रयोग गर्नुपर्ने भएकाले सर्वसाधारणलाई मास्क र स्यानीटाइजर प्रयाेगमा बानी पार्ने उद्देश्यले वितरण गरिएको संगठनका अध्यक्ष सुर्यप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

    सर्वसाधरणलाई मास्क र स्यानीटाइजर वितरण गर्दै जिल्ला प्रहरी कार्यालयका तनहुँका प्रमुख अरुण पौडेलले कोरोना नियन्त्रण अभियानमा सबैले साथ दिनुपर्ने बताउँदै काेरानाकाे मारले यातायात मजदुर पनि प्रभावित भएको बताउनुभयाे । यातायात मजदुरहरुको समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय सदैव गम्भीर रहेको भन्दै सवारी चेकिङको क्रममा चालक र मजदुरलाई सम्मानजनक व्यवहार हुने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

    लकडाउनको कारण यातायात मजदुरको क्षेत्रमा ठूूलो असर परेको हुँदा अब मजदुरहरुलाई राहत दिनुपर्ने नेपाल यातयात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष पौडेलले बताउनुभयाे । साे क्रममा सङ्गठनले ९ सय भन्दा बढी मास्क वितरण गरेकाे सचिव सन्दिप रानाभाटले जानकारी दिनुभयाे ।