चितवन : कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा बुधबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार रत्ननगर नगरपालिका २ की ७८ वर्षीय वृद्धाको शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी मंगलबार अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । कोभिड १९ सघन उपचार कक्षमा उपचाररत उनको २४ गते स्वाब परीक्षणका लागि पठाइएको थियो । चितवनमा योसँगै कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।