सिन्धुपाल्चोक पहिरो : ९ जनाकाे शव भेटियाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    सिन्धुपाल्चोक पहिरो : ९ जनाकाे शव भेटियाे

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएकाे पहिरोमा पुरिएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएकाे छ ।  बाह्रबिसे गाउँपालिका ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये आठ जनाको परिचय खुलेको उहाँले बताउनुभयो । 

    पहिचान हुनेहरुमा भक्तिमाया श्रेष्ठ, ल्याकसिंह तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठ रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । भीरखर्कबाट खसेको पहिरोका कारण दुई गाउँमा क्षति पुगेको थियो । 

    पहिराेमा अझै २२ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । वडा नम्बर ७ मा पर्ने घुन्थाङको भीरखर्कमा तीन वटा र नागपूजेमा नौ वटा घर पहिरोले पुरेको छ । जिल्लाभरिकै सुरक्षित मानिएको ठाउँमा पहिरो गएको हो । त्यो ठाउँमा भीरकोटबाट करिब १ किलोमिटर  लामो पहिरो गइ भोटेकोशी नदीसम्म पुगेको छ ।