पञ्चमूनीदेवमा कानूनको पढाई हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    पञ्चमूनीदेवमा कानूनको पढाई हुने

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार
    फाईल तस्बिर

    तनहुँ : विद्यार्थीको आर्कषण बढ्दै गएको कानुन विषयको पढाई अब दुलेगौँडास्थित पञ्चमूनीदेव माध्यमिक विद्यालयमा शरु हुने भएको छ । यो शैक्षिक शत्रबाट कक्षा ११ मा कानुन विषयको पढाई थाल्न विद्यालयले अनुमति पाएको छ । विद्यालयले भर्ना आह्वान समेत गरेको छ ।

    जिल्लाको नुमना विद्यालय घोषित विद्यालयले अभिभावक र विद्यार्थीको मागलाई मध्यनजर गर्दै कानून विषयको कक्षा सञ्चालन गर्न लागेको प्रधानाध्यापक ध्रुवकुमार मल्लले बताउनुभयो । ‘कानूनको पढाई थाल्नुपर्यो भनेर अभिभावककाे माग थियो । विद्यालयबाट एसईई उत्तीर्ण भएका विद्यार्थी पनि यही विषय पढ्नलाई पोखरा काठमाडौं गएको पायौँ । त्यसैले विद्यार्थीको सहजताको लागि यस वर्षदेखि उक्त विषय थप गरेका छौँ,’ उहाँले भन्नुभयो ।

    यस क्षेत्रमा पहिलो पटक उक्त विषयको पढाई शुरु हुने भएपछि विद्यार्थीलाई पोखरा काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने भएको छ । अभिभावक र विद्यार्थीको रोजाईको केन्द्र पञ्चमूनीदेवले २०६६ सालदेखि विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा दश जोड दुईका पढाई शुरु गरेकामा २०७५ मा प्राविधिक धारतर्फ पशुविज्ञान विषय थप गरेको विद्यालयका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिनुभयो ।

    फाईल तस्बिर