देवघाटमा एक पुरुषमा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा एक पुरुषमा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षण अनुसार देवघाट गाउँपालिका–२ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

    कलेजका डा. नविनकुमार चौधरीका अनुसार भदौ २९ गते गरिएको ३५८ नमूना परीक्षणमध्ये तनहुँका एक सहित ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँका अनुसार चितवनको भरतपुर महानगरपालिकाका २२, खैरेहनी नगरपालिकाका एक, रत्ननगर नगरपालिकाका एक, झापाको दमक नगरपालिकाका एक, मकवानपुरको हेटौडा उपमहानगरपालिकाका १६, मनहरीका एक, नवलपुरको गैडाकोट नगरपालिकाका दुई, रौतहटको चन्द्रपुर नगरपालिकाका एक, सर्लाहीका मलङ्वाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।