भीमाद नगर उपप्रमुख खनाललाई पतिशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमाद नगर उपप्रमुख खनाललाई पतिशोक

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनाललाई पतिशोक परेको छ । उहाँका पति ध्रुव खनालको काठमाडौस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमाद नगर कमिटीका सदस्य रहनुभएका खनालको निधनले पार्टीले अत्यन्तै इमानदार र कुशल कार्यकर्ता गुमाएको पार्टीका नेताहरुले बताएका छन् ।

    यसैबीच खनालको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दुःख व्यक्त गर्नुभएको छ । गुरुङले स्व. खनालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।