तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका–१० का २८ वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती युवालाई सङ्क्रमण पुष्टि भएको र उहाँ हाल सोही अस्पतालमा रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
ती युवाकाे २३ वर्षीया श्रीमतीलाई पनि मङ्गलबार काेराेना पुष्टि भएकाे थियाे । ती महिलाकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकाे थियाे । हाल दुवै जना पाेखरामा नै रहेकाे शुक्लागण्डकी स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयाे ।