खैरेनीटार स्वास्थ्यचाैकीकाे सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    खैरेनीटार स्वास्थ्यचाैकीकाे सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार


    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित खैरेनीटार स्वास्थ्यचौकीको सेवा बन्द गरिएको छ । स्वास्थ्य चौकीमा परीक्षणकी लागि आउनुभएकी शुक्लागण्डकी नगरपालिका–१० की २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य चौकीको सम्पूूर्ण सेवा बन्द गरिएको हो ।

    प्रसुतीका लागि आएकी ती महिलामा रक्तचापको समस्या देखिएपछि पोखरा रिफर गरिएको थियो । पोखरामा स्वाब परीक्षण गर्दा उनमा मङ्गलबार कोरोना पुष्टि भएको थियो । आज मात्रै उहाँका २८ वर्षीय श्रीमान्लाई पनि कोरोना पुष्टि भएको छ ।

    शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी ती महिलाको सम्पर्कमा आएकाले सेवाहरु आजदेखि नै बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित महिला करीब दुई घण्टा स्वास्थ्यचौकीमा थिइन् । “स्वास्थ्यचौकीमा प्रसुती गराउन आएकी महिलाको रक्तचाप नघटेपछि पोखरा पठाएका थियौ,” उहाँले भन्नुभयो ।

    “स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र कर्मचारी सबैको पिसीआर रिपोर्ट नआइन्जेल सम्पूर्ण सेवा बन्द गरिएको छ,” श्रीवास्तवले भन्नुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीका १४ जनाको बिहीबार स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।