फेरि अवरुद्ध भयो नारायणगढ–मुग्लिन सडक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    फेरि अवरुद्ध भयो नारायणगढ–मुग्लिन सडक

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४:३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ ।

    पहिरो खस्न रोकीएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार राती देखि पटक पटक पहिरो खस्दै आएको छ ।