कलेजो र मुटु पीडितद्वारा उपचारमा सघाउन अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कलेजो र मुटु पीडितद्वारा उपचारमा सघाउन अपिल

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ निवासी नारायणसिं थापा विगत एक वर्षदेखि कलेजो र मुटु रोगबाट पीडित हुनुहुन्छ । लामो समयदेखि रोजगारीको शिलशिलामा विदेशमा रहनुभएका थापा विगत एक वर्षदेखि थला पर्नुभएको छ ।

    रोग लागेपछि उहाँले विभिन्न अस्पतालमा उपचार गराइसक्नुभएको छ । तरपनि ठिक नभएको र थप उपचारका लागि आर्थिक भएको छ । थापाका श्रीमती सम्झना थापाले हालसम्म उपचारमा रु ९/१० लाख खर्च भइसकेको बताउनुभयो । “भएको पैसा उपचार गर्दा गर्दै सकियो, अब उपचारका लागि समस्या भएको छ,” उहाँले भन्नुभयो, “मनकारी व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिदिए श्रीमान्को उपचारका लागि सहयोग पुग्थ्यो ।”