लोक दोहोरी गायक पन्तको वर्कसप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    लोक दोहोरी गायक पन्तको वर्कसप

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ: तनहुँबाट लोक दोहाेरीमा क्रियाशील गायक शङ्कर पन्तले वर्कशप सञ्चालनमा ल्याउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बिहीबार विश्वकर्मा पूजाकाे अवसर पारेर कैलाश अटो मोबाईल्स शप तथा कैलाश अटो ईन्जिनियरिङ वर्कशपको शुभारम्भ गरिएको छ ।

    उक्त वर्कशपको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभयाे। व्यावसायिक सफलताको शुभकामना दिँदै मन्त्री चुमानले कैलाश अटो वर्कशपले युवा उद्यमशीलतामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । युवाहरूले वैदेशिक रोजगारकाे सट्टा स्वदेशमा नै सम्भावनाको खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले तीनै तहका सरकार युवालाई रोजगार गराउन प्रयत्नशील रहेको बताउनुभयो ।

    गायक पन्तले सन्देश ढुङ्गाना (सुमन)सँग सहकार्य गरी करीब ३ करोडको लगानीमा वर्कशप सञ्चालन गर्नुभएको हो । कैलाश अटो मोबाईल्स शप तथा अटो ईन्जिनियरिङ वर्कशपमा जुनसुकै कम्पनीका चारपाङ्ग्रे सवारी साधनहरूको खरिद, बिक्री, साटफेर गरिनुका साथै मोटर पाट्स उपलब्ध गराईने र सम्पूर्ण गाडीहरूको डेन्टपेन्ट, मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।