होम क्वारेन्टिनमा बसेर गाउँ डुल्नेलाई ५ हजार जरीवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    होम क्वारेन्टिनमा बसेर गाउँ डुल्नेलाई ५ हजार जरीवाना

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : होमक्वारेन्टिनमा बसेर पिसीआर रिपोर्ट नआउँदै गाउँ डुल्दै हिँडेका एक युवकलाई शुक्लागण्डकी नगरपालिकाले जरीवाना गरेको छ । सोमबार कोरोना सङक्रमण पुष्टि भएका शुक्लागण्डकी नगरपालिका–११ का २३ वर्षीय युवकलाई पाँच हजार रुपैयाँ जरीवाना तोकिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

    भारतीय सेनामा कार्यरत ती युवा बिदामा घर आएर होम क्वारेन्टिनमा बस्नुभएको थियो । शुक्रबार पिसीआर परीक्षणका लागि स्वाब दिनुभएका उहाँ नेगेटिभ रिपोर्ट आयो भन्दै गाउँ डुल्नुभएको थियो । रिपोर्ट पोजिटिभ आएपछि त उहाँले साथीभाई जम्मा गरेर पार्टी दिएको र खोलामा पौडी समेत खेल्न गएको खुलेको छ । होम क्वारेन्टिमा बस्नेको लापरवाहीले समुदायमा सङ्क्रमण बढ्दै गएको श्रीवास्तवले जानकारी दिनुभयो । लापरवाही गर्ने क्रम बढ्दै गएकाले सचेत बनाउन कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

    सङ्क्रमित ती युवकको सम्पर्कमा आएका ४४ जनाको पहिचान भएको छ । उनीहरुको बिहीबार स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पोखरा पठाएको पठाईएको छ ।