पे क्लिनिकमा परीक्षण गर्दा शुक्लागण्डकीका दुई पुरुषमा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    पे क्लिनिकमा परीक्षण गर्दा शुक्लागण्डकीका दुई पुरुषमा कोरोना

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई पुरुषमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे क्लिनिकमा परीक्षण गर्दा शुक्लागण्डकी नगरपालिका–४ का दुई पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १६ र २१ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ । त्यस्तै पे क्लिनिकमा परीक्षण गराउँदा कास्कीको पोखरा महानगरपालिकाका ३८ वर्षीय पुरुष र ५४ वर्षीया महिलालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।