तनहुँ : तनहुँको भीमाद नगरपालिका-८ चैनपुरमा शुक्रबार बिहान परेको चट्याङले स्थानीय सोमबहादुर शाहीको गोठमा पालेको पशुको मृत्यु भएको छ । चट्याङ लागेर गोठमा रहेको गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ परेर गोठमा जडित मिटर बक्समा समेत क्षति भएको प्रहरीले जनाएको छ । चट्याङले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।