शुक्लागण्डकीका तीन स्थानमा लकडाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीका तीन स्थानमा लकडाउन

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    तनहुँ : एकैदिन १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्लागण्डकीका तीन स्थानमा लकडाउन जारी गरिएको छ । नगरकार्यपालिकाको सोमबार बसेको बैठकले शुक्लागण्डकी नगरपालिका-५ र १० का तीन स्थानमा लकडाउन गर्ने निर्णय गरेको हो ।

    नगरप्रवक्ता खिमबहादुर कुमालका अनुसार शुक्लागण्डकी-५ स्थित ज्ञानज्योती टोल र शान्तिटोलको सम्पूर्ण क्षेत्र, शुक्लागण्डकी-१० स्थित साखेबजारको सम्पूर्ण क्षेत्रमा एक साताका लागि हिँडडुल र व्यवसाय सञ्चालन गर्न बन्देज गरिएको छ ।

    एकैदिन १७ जनामा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाउन आवश्यक रहेको कुमालले बताउनुभयो । सोमबार शुक्लागण्डकी-५,६,८,१० र ११ का १७ जनामा कोरोना पुष्टि भएको थियो ।