तनहुँ : सामाजिक सेवा दिवसमा मंगलबार यहाँका दुई संस्थाले वृक्षारोपण गरेका छन् । रोटरी क्लब अफ शुक्लागण्डकी र रोट्याक्ट क्लब अफ शुक्लागण्डकीले शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित श्रमिक आधारभुत बिद्यालयमा बृक्षारोपण गरेको हो ।
अशोका, चाँप, धुपी, दालचीनी, कपुर लगायत ४० बिरुवा विद्यालय परिसरमा रोपिएको रोटरी क्लब अफ शुक्लागण्डकीका अध्यक्ष विनोदकुमार मल्लले जानकारी दिए । विद्यालय परिसरलाई हरियाली बनाउन वृक्षारोपण गरिएको उनले बताए । क्लबले श्रमिकलाई हेप्पी स्कुल बनाउन ४३ इन्चको टेलिभिज उपलब्ध गराएर मिडास सफ्टवयर र इन्टरनेट जडान गरी शिक्षकलाई तालिम दिने प्रतिवद्धता जनाएको छ । कोरोना महामारीको बेला विद्यालय सञ्चालनका लागी सहजता ल्याउन एक थान थर्मल गन पनि उपलब्ध गराउने अध्यक्ष मल्लले बताए ।
क्बलको तर्फबाट दुलेगौँडास्थित पञ्चमुनीदेव मावीलाई पनि हेप्पी स्कुल बनाउन सहयोग हुनेछ । सामाजिक क्षेत्रमा सक्रिय रोटरीले क्लबले यसअगाडी यहाँ विभिन्न विद्यालयमा कम्प्युटर बितरण, सचेतना कार्यक्रम लगायत गर्दै आएको छ ।