सुआरेज एथ्लेटिको मड्रिडमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सुआरेज एथ्लेटिको मड्रिडमा

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    एजेन्सी : स्पेनिस क्लब बार्सिलोना स्ट्राइकर लुइस स्वारेज प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडमा गएका छन्। एथ्लेटिको मड्रिडले उनलाई फ्रि ट्रान्सफरमा रहेर आबद्ध गरेको र विभिन्न सर्तअनुसार ६ मिलियन युरोसम्म तिर्न पर्न सक्ने जनाएको छ। 

    एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनसँगको सिधा कुराकानीमा स्वारेज एथ्लेटिको जाने सहमतिमा पुगेका हुन्। जसमा बार्सिलोनाले आनाकानी गरिरहे पनि अन्ततः सहमति जनाएको हो। स्वारेज एथ्लेटिकोमा आफूले बार्सिलोनामा पाइरहेको तलबमा कम गरेर जान तयार भएका हुन्। करबाहेक उनले अब वार्षिक नौ मिलियन युरो कमाउने छन्। 

    स्वारेज लैजानका लागि नै एथ्लेटिकोले अल्भारो मोराटालाई लोनमा इटालियन क्लब युभेन्टसमा पठाएको हो। बार्सिलोनाले स्वारेजलाई क्लबमा राख्न नचाएको भए पनि प्रतिस्पर्धी क्लबमा नजाओस् भन्ने सोचले मुस्किल बनाइरहेको थियो। 

    बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले एथ्लेटिको मड्रिड नजानेगरी स्वारेजसँग सहमति गर्न चाहिरहे पनि स्वारेजका एजेन्टसहितको बैठकमा समस्या पारेमा सार्वजनिक रुपमा मिडियामा बोल्ने भनाइपछि बार्सिलोना उनलाई एथ्लेटिको मड्रिड पठाउन तयार भएको हो। बार्सिलोनासँग सम्झौता सकिन एक वर्ष बाँकी हुँदै सम्झौता अन्त्य गर्ने सहमति भएको हो।

    यो सिजन बार्सिलोनामा नयाँ प्रशिक्षकका रुपमा रहेका रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहेको सुरुदेखि बताएका थिए। जसले गएको सिजन क्लबका लागि लियोनल मेस्सीपछि सर्वाधिक गोल गरेका स्वारेज क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्। युभेन्टस जाने हल्ला चलिरहँदा पासपोर्टका कारण त्यो सम्भव भएन, जसले उनलाई लाने इच्छा देखाइरहेको एथ्लेटिको मड्रिड नै गन्तव्य बनेको छ।