पहिराेमा पुरिएर मृत्यु भएका ९ जनाको सामूहिक दाहसंस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिराेमा पुरिएर मृत्यु भएका ९ जनाको सामूहिक दाहसंस्कार

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    स्याङ्जा : पहिरोमा पुरिएर ज्यान गुमाएका ९ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ। स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो।

    ९ जनालाई आठवटा छुट्टाछुट्टै चिता बनाइएको थियो। ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित संघ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो ।

    सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबैजनालाई दागबत्ती दिनुभयो ।

    पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।