प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    काठमाडाै : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनुभएको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो । 

    साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ । यसअघि किशोर श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाउनुभएको थियो । श्रेष्ठको पदावधि आउँदो १२ गते सकिँदैछ ।