असोज २० भित्र काङ्ग्रेसको सदस्यता वितरण सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    असोज २० भित्र काङ्ग्रेसको सदस्यता वितरण सकिने

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले असोज २० गतेभित्र सदस्यता वितरण सक्ने तयारी गरेको छ । शुक्रबार बसेको कार्यसमितिको बैठकले २० गतेसम्ममा नयाँ क्रियाशील सदस्यता वितरण सक्ने गरी तयारी गर्न गाउँ, नगर वडा र क्षेत्रीय समितिलाई निर्देशन दिएको हो । जिल्लामा १३ औं महाधिवेशनमा कायम ८ हजार १ सय १२ क्रियाशील सदस्य छन् ।

    पार्टीका कार्यवाहक सभापति जितप्रकाश आलेले कोभिड—१९ का कारण रोकिएका पार्टीका सबै तहका नियमित बैठकहरु तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सुचारु गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । बैठकले वर्तमान सरकारका अपारदर्शी र आर्थिक अनियमिततालाई बढावा दिने रेलमार्ग लगायतका ठेक्कापट्टा सम्वन्धि निर्णयहरुको सत्यतथ्य छानबिनका लागि अख्तियार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।