तनहुँ : तनहुँको व्यास र भीमाद नगरपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो ४ बजे सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका एक र भीमाद नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका–११ का १६ वर्षीय, भीमाद नगरपालिका–१ का ३६ र १७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । व्यास नगरपालिकाका युवा पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत हुुनुहुन्छ भने भीमादका दुई पुरुष भारतबाट आउनुभएको हो ।
शनिबार मात्रै शुक्लागण्डकी र भानु नगरपालिकाका एक÷एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।