“बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ”
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    “बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ”

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको पर्यटकीय नगरी बन्दीपुर पर्यटक स्वागत गर्न तयार रहेको सरोकारवालाले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाईको आयोजनामा आइतबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले कोभिड–१९ बाट थला परेको बन्दीपुरको पर्यटन उकास्न आवश्यक रहेकोमा जोड दिए ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको मुख्य आधार पर्यटन रहेकाले पर्यटकीय गतिविधिलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । बन्दीपुर सुरक्षित रहेकाले घुम्न आउन पर्यटकलाई अध्यक्ष थापाले आग्रह गर्नुभयो । ”बन्दीपुर पूर्ण रुपमा सुरक्षित छ भन्ने सन्देश फैलाएर पर्यटक भित्र्याउनुपर्ने बेला आएको छ,” थापाले भन्नुभयो ।

    थापाले बन्दीपुरमा पर्यटकको आकर्षण बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको जानकारी दिनुभयो । बन्दीपुर आउने पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा थापाले जोड दिनुभयो । “कोरोना कहरले बन्दीपुरको होटल व्यवसायीलाई नराम्रो असर परेको छ, होटल व्यवसायीको प्रबद्र्धनका लागि सहयोग गर्न तयार छौ,” थापाले भन्नुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले पर्यटन क्षेत्रको उत्थानमा योजना ल्याई व्यवसायीहरुलाई सहयोग गर्न गाउँपालिकाका तयार रहेको बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई सभापति वैश गुरुङले पर्यटक स्वागत गर्न व्यवसायी आतुर रहेकाले बन्दीपुर भ्रमण गर्न आग्रह गर्नुभयो । कोरोना अगाडी बैङ्क तथा वित्तीय संस्थाले होटल क्षेत्रमा लगानी गरेपनि अहिले कोरोना सङ्कटलाई देखाएर बैङ्क लगानी गर्न तयार नभएको गुरुङले गुनासो गर्नुभयो ।

    क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले स्वास्थ्य मापदण्ड अपनाएर होटल सञ्चालनमा आइसकेकाले पर्यटक स्वागत गर्न बन्दीपुर तयार रहेको सन्देश फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

    बन्दीपुर सामुदायिक होमस्टे समितिका अध्यक्ष दिलकुमारी रानाले कोरोनाका कारण थला परेको होमस्टे तथा होटेलको प्रबद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्नुपर्र्ने बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर कोरोनामुक्त छ भन्ने सन्देश देशभर फैलाएर आन्तरिक पर्यटक बन्दीपुर भित्र्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । समितिका सचिव बसन्त पौडेलले बन्दीपुरका हरेक वडा वडामा पुगेर नयाँ गन्तव्य पहिचान गर्दै पर्यटकीय स्थलको प्रबद्र्धनका लागि समिति क्रियाशील रहने बताउनुभयो ।