तनहुँ : तनहुँको व्यास नगरपालिकामा सोमबार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालये सार्वजनिक गरेको विवरण अनुसार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार व्यास नगरपालिका-१ का ४१, २४ वर्षीय पुरुष, वडा नं २ का ४८ वर्षीया महिला, ३ का ३२ वर्षीय पुरुष र ४५ वर्षीया महिला, ७ का २७ वर्षीय पुरुष, १० का २४ वर्षीया महिला र १३ का ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।