तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन, होम क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट ५२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालका अनुसार असोज ९ गते स्वाब पठाइएको थियो । क्वारेन्टिनमा रहेका ८, होम क्वारेन्टिनका १८ र कन्ट्याक्ट ट्रेसिङका २६ जनाको परीक्षण गरिएको थियो ।