तनहुँ : घर छाडेर हिँडेका गोरखाको पालुङटार नगरपालिका-८ मूलाबारीका दुई युवतीलाई परिवारको जिम्मा लगाइएको छ । आफूखुशी घर छाडेर हिँडेका उनीहरुलाई तीन दिनपछि डु्म्रेमा फेला पारी परिवारको जिम्मा लगाइएको हो ।
१७ वर्षीया मरियम परियार र २४ वर्षीया सलोनी परियार असोज १० गतेदेखि घर छाडेर हिँडेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले फेला पारेर मङ्गलबार परिवारको जिम्मा लगाएको छ ।