यातायातका साधन सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यातायातका साधन सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको हिसाबले तनहुँ जिल्ला जोखिममा रहेकाले यातायातका साधन सञ्चालन गर्दा अनिवार्य रुपमा सबै मापदण्ड पालना गर्न प्रशासनले निर्देशन दिएको हो ।

    यातायातका साधनले स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना नगरी सञ्चालन गरिरहेको गुनासा आइरहेकाले स्वास्थ्य सुरक्षाको ख्याल गर्न प्रशासनले सबैलाई सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । व्यवसाय गर्दा, सार्वजनिक स्थानमा हिँडडुल गर्दा र सार्वजनिक यातायातमा यात्रा गर्दा सरकारले तोके बमोजिमका स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी अनिवार्य मास्क लगाउन प्रशासनले अनुरोध गरेको छ ।

    विदेश तथा सङ्क्रमण भएका स्थानबाट आउने सबै व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न र सुरक्षित व्यवहार गर्न समेत प्रशासनले सूचित गरेको छ । सो अनुसार भए गरेको नपाइएमा सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।