पाेखरा : पोखरामा ४२ दिनको नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका– ४ का शिशुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयाे ।
उहॉको अनुसार शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियूमा भर्ना गरिएको छ ।
साङ्केतिक तस्वीर
सच्याइएको : यस अगाडी प्रदेश स्वास्थ्य निर्देशनालयले २० दिनको शिशु भनेकाे र पछि विज्ञप्ती सच्याएकाले सोही बमोजिम सच्याइएको छ ।