मिर्गौला पीडितलाई ५० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई ५० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ साँगे निवासी दुवै मिर्गौला पीडित टेकबहादुर आलेलाई रु ५० हजार हस्तान्तरण गरिएको छ । उक्त रकम नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य ध्रुव वाग्लेले बुधबार पीडित आलेलाई हस्तान्तरण गर्नुभयो ।

    व्यास नगरपालिका–६ घर भई हाल कुवेतमा कार्यरत बन्धुराज शाही र व्यास नगरपालिका–५ घर भई युएईमा कार्यरत नविन पुलामीले पठाएको उक्त रकम वाग्लेले पीडित आलेलाई हस्तान्तरण गर्नुभएको हो । नेपाल तरुण दल व्यास नगर समितिका कार्यवाहक सभापति जीवनचन्द ठकुरी मार्फत् उक्त रकम प्राप्त भएको थियो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पार्टीका आमन्त्रित जिल्ला सदस्य लक्ष्मीभक्त खनाल, व्यास नगर समितिका सचिव एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।