पाेखरा : गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार नवलपुरका पाँच र बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार थपिएका संक्रमितसहित गण्डकीमा कोराना संक्रमितको संख्या तीन हजार नौ २१ पुगेको निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । दुई हजार सात सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा सक्रिय संक्रमित संख्या एक हजार एक सय ४६ छ ।
अहिलेसम्म ६९ हजार तीन सय २४ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट ३३ जनाको निधन भएको छ ।