शुक्लागण्डकीले तोक्यो संस्थागत विद्यालयको शुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीले तोक्यो संस्थागत विद्यालयको शुल्क

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिकाले संस्थागत विद्यालयले विद्यार्थीसँग लिने मासिक शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालयले मनोमानी शुल्क उठाउँदै आइरहेकामा नगरपालिकाले मासिक शुल्कको अधिकतम दर निर्धारण गर्दै कार्यन्वयन गर्न निर्देशन दिएको छ ।

    पूर्व प्राथमिकता तहदेखि १२ कक्षासम्म कक्षागत मासिक शिक्षण शुल्क, कम्प्युटर कक्षाको शुल्क र परीक्षा शुल्क निर्धारण गरीएको नगर शिक्षा शाखा प्रमुख नवराज चापागाईले बताउनुभयाे । सबै विद्यालयहरूले स्वीकृत शुल्क दर विद्यार्थी र अभिभावकलाई जानकारी दिनलाई अनिवार्य सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभयाे ।

    नगरपालिकाले शुल्क निर्धारण गर्न यहाँका सबै विद्यालयसँग प्रस्ताव माग गरेको थियो । ‘विद्यालयले आ–आफ्नो शुल्क प्रस्ताव पठाएका थिए । त्यही आधारमा सबैलाई उचित हुने अधिकतम शुल्क निर्धारण गरेका छौँ,’ उहाँले भन्नुभयाे, ‘विद्यालयले निर्धारित शुल्क कार्यन्वयन गरे नगरेको अनुगमन हुन्छ । तोकिए भन्दा बढी शुल्क लिने विद्यालयलाई कारवाही गर्नेछौँ ।’

    यस्तै, नगर क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयका शिक्षक कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत स्थानीय स्रोतका शिक्षक कर्मचारीको गत वर्ष चैत महिनाको पारिश्रमिक अनिवार्य भुक्तान गर्न निर्देशन दिएको चापागाईले जानकारी दिनुभयाे । विद्यालय बन्द भएपनि वैशाख यताको पारिश्रमिक भने योगदानको आधारमा दिनुपर्ने उहाँकाे भनाई छ ।