थप्रेक : प्रजातन्त्र सेनानी पदम बहादुर आलेलाई विश्व जेष्ठ नागरिक दिवस तथा आलेको ९७ औं जन्मोत्सवका अवसरमा अभिनन्दन गरिएको छ।१९८१ साल असोज १५ गते थप्रेक चण्डीमैदानमा जन्मनुभएका आलेलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रजातन्त्र सेनानी पदम बहादुर आले अध्ययन समितिले संयुक्त कार्यक्रम आयोजना गरी अभिनन्दन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले जनताको मुक्तिका खातिर निरंकुशता विरूद्व भएका आन्दोलनहरूमा आलेले ऐतिहासिक योगदान पु¥याएको उल्लेख गर्नुभयो । आले र उहाँ जस्तै जिवित ऐतिहासिक व्यक्तित्वको उच्च कदर, संरक्षण गर्नु परिवार, समाज, राजनीतिक पार्टीसंगै सरकारको दायित्व भएको बताउनुभयो ।
“हामीले हाम्रा अग्रजहरूको कदर गर्न सक्यौ भने मात्रै हाम्रो जिवनकालका महत्वपुर्ण योगदानको कदर भावी पुस्ताले गर्नेछन् । जेष्ठ नागरिकहरूको अनुभव सुन्ने, उहाँहरूको योगदानको संरक्षण गर्ने वातावरण बनाउनुपर्छ, यो हामी सबैको कर्तव्य हो”, कोईरालाले भन्नुभयो ।
कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य दधिराज सुवेदीले “पदम बहादुर आले” एक जिवित ईतिहास भएको चर्चा गर्दै राणा शाशन र त्यस पछिका प्रतिगामी व्यवस्था विरोधी आन्दोलनको अध्ययनका लागि तत्कालीन योद्धा पदमबहादुर जिवितै रहनु एक सुवर्ण अवसर भएको बताउनुभयो ।
नेपालमा गणतान्त्रिक व्यवस्था स्थापना हुनुमा पदमबहादुर लगायतका क्रान्तिकारी योद्धाहरूले तयार पारेको पृष्ठभूमि महत्त्वपूर्ण भएको सिग्देलको भनाई छ ।“ईतिहास गुमाउनु भनेको प्रेरणा गुमाउनु हा”, भन्दै सिग्देलले आलेको जन्मस्थल थप्रेक चण्डीमैदानलाई राजनैतिक अध्यन संग्रहालयका रूपमा स्थापित गरी ऐतिहासिक पर्यटकिय स्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।
झण्डै ८ बर्ष ब्रिटिस गोर्खा सैनिकको अनुभव बटुल्नुभएका पदमबहादुर आलेले राणा तथा राजाको एकतन्त्रीय शाशन विरूद्धको आन्दोलनमा आफ्नो सैन्य कौशल प्रयोग गर्नुभएको थियो । २००७ साल फागुन १ गते राणा, राजा र काग्रेस बिच भएको त्रिपक्षीय सम्झौता धोका भएको भन्दै डा. के आई सिंको नेतृत्वमा गठित “युनाइटेड डेमोक्रेटिक पार्टी” मा आवद्ध भई प्रतिगमन विरोधी क्रान्तिमा सहभागी हुनुभएका आले केहि समय जेल पर्नुभएको थियो भने ४ बर्ष डा. के आई सिं सहितको समुहमा चिनमा प्रवासी जिवन बिताउनु परेको थियो ।
नेकपा शुक्लागण्डकी वडा नम्बर १ का अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको अभिनन्दन कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेताहरू रामचन्द्र उपाध्याय, खुम बहादुर विक (राजु), सविता रसाईली, मुक्ति तिमिल्सिना, देवलाल खनाल तथा स्थानीय सुरज गुरूङ, भोजराज बराल लगायतले कम्युनिस्ट आन्दोलनमा आलेको योगदानबारे चर्चा गर्नुभयो । सो अवसरमा आलेलाई कपडा, खाट लगायतका उपभोग्य सामाग्री प्रदान गरिएको थियो ।