स्याङ्जा : गाई काटेर खाएको आरोपमा स्याङ्जाका तीन जना पक्राउ परेका छन् । गल्याङ नगरपालिका–९ जौबारी स्थित नारायण भुसालको बाँझो जग्गामा गाई काटेर खाने स्थानीय ३८ वर्षीय नारायण भुषाल, गल्याङ नगरपालिका ८ बस्ने २४ वर्षीय डोलुराम नेपाली र वालिङ नगरपालिका १३ बस्ने ३२ वर्षीय राम बहादुर सार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिउँदो गाई काटेर मासु भाग लगाई टाउको र खुट्टा खाडल खनी पुरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी, पशु चिकित्सक र पशु प्राविधिक सहितको टोलीले स्थलगत अनुसन्धान गरेका थिए । स्थलगत अनुसन्धान गर्न पुगेका उनीहरुले जौबारी स्थित खाडल खोतलेर हेर्दा गाईको टाउको, चारवटा खुट्टा, आन्द्राभुडी कुहेर दुर्घन्धित अवस्थामा फेला परेको डिएसपी अधिकारीले बताउनुभयो ।