वामदेवविरुद्धको मुद्दामा सुनुवाई आज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वामदेवविरुद्धको मुद्दामा सुनुवाई आज

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७७, शुक्रबार

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज फेरी हुँदैछ ।

    यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले सुनुवाई नसकिएपछि उहॉ विरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमाराखेको थियो । असोज ७ गते न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने आदेश भए अनुसार बुधबारदेखि संबैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।

    निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरी उप्रेतीलगायतले बहस गर्नुभएको थियो भने भने वामदेवको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहितले बहस गरिसक्नुभएको छ । गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायत ४० वकिलहरुले आज बहस गर्ने बताइएको छ ।

    गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । असोज १ गते उनले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।