बुटवल : प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे । सत्तारुढ दल नेकपाको शीर्ष तहमा पनि भालुवाङमा स्थायी राजधानी बनाउने सहमति जुटेको थियो।
सोही सहमति अनुसार प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल मन्त्रीले जानकारी दिनुभयाे ।
प्रदेश बनेको लामो समयसम्म पनि स्थायी राजधानी र नाम तोक्न नसकेको भनेर आलोचना भइरहेको थियो । यसअघि प्रदेशको राजधानी बुटवल बनाउन दबाब थियो। अहिले अस्थायी राजधानी बुटवलमैं रहेकाे छ। साे प्रदेशकाे नाम पनि ताेक्ना बाँकी नै छ। केही समयअघि प्रदेश ३ ले स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको थियो। अब प्रदेश १ र २ को मात्र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ।