वेदव्यास ज्येष्ठ नागरिकलाई आश्रमलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वेदव्यास ज्येष्ठ नागरिकलाई आश्रमलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । इनरह्विल क्लव अफ दमौलीका पूर्व अध्यक्ष सरु श्रेष्ठ र उहाँका श्रीमान् दिनेशकुमार श्रेष्ठले आश्रमलाई रु पाँच हजार पाँच सय पाँच नगद सहयोग गर्नुभएको हो ।

    यसैगरी क्लवकी सदस्य जया न्यौपानेले पनि आश्रमलाई रु ६ हजार प्रदान गर्नुभएको छ । उक्त रकम आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेलाई हस्तान्तरण गरिएको छ । आश्रमलाई सहयोग गरेकामा आलेले सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो ।