तनहुँ : तनहुँको व्यास नगरपालिका–४ निवासी मिर्गौला पीडित अब्दुल गफार मियाँलाई साँखर टोल विकास संस्थाले आर्थिक सहयोग गरेको छ । उक्त टोलले मिर्गाैला पीडित मियाँको उपचारमा सहयोग पु¥याउन शनिबार रु दश हजार सहयोग गरेको हो ।
टोल विकास संस्थाका अध्यक्ष निर्मला न्यौपाने लगायत पदाधिकारीले उक्त रकम शनिबार मिर्गौला पीडित मियाँलाई हस्तान्तरण गर्नुभयो । आफ्नै टोलका वासिन्दालाई परेको पीडामा मलम लगाउने उद्देश्यले आर्थिक सहयोग गरिएको संस्थाका उपाध्यक्ष आइतबहादुर घलेले जानकारी दिनुभयो ।