स्थानीय पाठ्यक्रम बनाउँदै भीरकोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्थानीय पाठ्यक्रम बनाउँदै भीरकोट

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाएको छ । त्यसका लागि पहिलो चरणमा यही असोज १५,१६ र १७ गते तीन दिनसम्म स्थानीय पाठ्यक्रम निर्माणको विषयमा कार्यशाला सम्पन्न गरी पाठ्यक्रममा समावेश गरिने विषयवस्तु छनोट पनि गरिएको छ ।

    पाठ्यक्रम विज्ञ पुरुषोत्तम घिमिरे, प्रल्हाद अर्याल र लेखक/अनुसन्धानकर्ता तुलसी प्रभासले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयहरुमा सहजिकरण गर्नुभएको थियो । सरोकारवाला र विज्ञहरूको सुझाव, प्रतिवेदनका आधारमा भीरकोट नगरपालिका,स्थानीय सम्पदा,परम्परागत अभ्यास र स्वरोजगार, कृषि,स्वास्थ्य,अनुसन्धान, पर्यटन र स्थानीय सिकाई जस्ता विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिने भएको छ ।

    कार्यशालामा समापन कार्यक्रममा बोल्दै पूर्व संसाद खगेन्द्रराज रेग्मीले नगरपालिकाले भीरकोटको पहिचान झल्काउने गरी नयाँदेखि वर्तमान र भावी पुस्तापुस्ता सम्म भीरकोटलाई जिवन्त राख्नको लागि स्थानीय पाठ्यक्रम निर्माण गरी अध्ययापन गराउन लागेकोमा खुशी लागेको बताउनुभयो ।

    स्याङ्जा जिल्लामा स्थानीय तहमा आफैले पहिलो पटक तयार गर्न लागेका स्थानीय पाठ्यक्रमले प्राज्ञिक व्यक्तित्व निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।
    परिवर्तित सन्दर्भमा परिर्विर्तत पाठ्यक्रम तयार पार्न लागेको हुँदा नगरप्रमुख खनालले पाठ्यक्रम निर्माणमा सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

    नगर उपप्रमुख सीमा केसी कर्मार्चायले स्थानीय पाठ्यक्रम निर्माण आफैमा चुनौतीपूर्ण रहेपनि यसलाई अवसरको रुपमा लिएर काम गर्न सबैलाई सुझाउनु भयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले शिक्षा क्षेत्रमा भीरकोटले आफ्नै पाठ्यक्रम निर्माण गर्नाले स्थानीय स्तरमा लुकेको र ओझेलमा परेको सम्पदाहरुको पहिचानमा टेवा पुग्ने विश्वाश व्यक्त गर्नुभयो ।

    ४५ वटा विद्यालयहरु संचालनमा रहेको तथा कक्षा १ देखि ८ सम्मको लागि एक विषयको लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको शिक्षा शाखा प्रमुख नविन थापाले बताउनुभयो । साभ नेपालका अध्यक्ष तुल्सी प्रभास खनाल, प्यावसन केन्द्रीय सदस्य अमृत अर्याल, वडा अध्यक्ष चन्द्र व वस्नेत, शिक्षक कृष्ण पौडेल, सहभागीको तर्फवाट नसिवदिन मिँया र विद्यार्थी सुदिप पौडेलले स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय विविधता र स्थानीय सम्पदा लाई अनिर्वाय समेट्नुपर्ने सुझाव दिनुभयो ।